default_image

8 years ago

November 2, 2017

यू १९ च्याम्पियनसिप छनोटमा नेपालको अर्को हार

138 views

0 Bookmark

कठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ रंगशालामा आज १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको नेपाल बहराइनसँग ४–० ले पराजित भएको थियो ।

nepal 19 football

पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । यो हारसँगै छनोटको कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालको अघिल्लो चरण पुग्ने सम्भाना निकै कमजोर भएको छ । नेपालले तुलनात्मक रुपमा बलियो मानिएको बहराइनसँग राम्रो खेल्न सकेन । बहराइनको जितमा अली हसनले २ इब्राहिम मुबारक र हुसेनले समान १–१ गोल गरे ।

बहराइनले खेलको २० औं मिनेटमा अलीको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ६९ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई २–० को अग्रता दिलाए । ८७ औं मिनेटमा मुबारकले र इन्जुरी समयमा हुसेनले गोल गर्दै बहराइनलाई सहज जित दिलाए । गर्दै बहराइनलाई ४–० को जित फराकिलो जित दिलाए । अन्तिम समयमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

दिनेश हेन्जनले रातो कार्ड पाएपछि नेपालको एक खेलाडी कम भएको थियो । अब कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग अन्तिम खेल खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा भाग लिनेछन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.