default_image

8 years ago

January 24, 2018

आर्मीको वर्चस्व तोड्ने थ्रीस्टारको लक्ष्य

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो ।

यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको खेलमा जित हात पार्नेमा टोलीका प्रशिक्षक मेघराज केसी सकारात्मक छन् । ‘हामीले सुदूरमा निकै प्रतिस्पर्धात्मक खेलमा हारेका हौं । डेढ वर्षपछि मैदानमा फर्किएको कारण टोली सेट भएको थिएन । अहिले हामी सेट भएका छौं र राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले भने ।

मेघराज केसी थ्रीस्टार आउनुअघि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक रहेका थिए । उनकै प्रशिक्ष्क्त्वमा आर्मीले राष्ट्रिय लिगमा दोस्रो स्थान तथा विभिन्न मोफसलका प्रतियोगिताहरुमा उपाधि जितेको थियो । थ्रीस्टार आएपछि मेघराजले टोलीलाई गुहावटीमा भएको भारत रत्न बोर्डोलोई ट्रफीको उपाधिका साथसाथै टोलीलाई एएफसी कपको प्लेअफ चरणसम्म पुर्याएका थिए । तर एन्फाको गल्तीले क्लबले प्लेअफ खेल्न नपाउँदा टोलीले लामो समय विश्राम लियो । पुनरागमनको पहिलो प्रतियोगितामा असफल भएपनि टोलीमा नाम चलेका खेलाडीको बाहुल्यता छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.