8 years ago
January 25, 2018
इटहरी (हाम्रो खेलकुद) – जापानबाट फर्केको केहि दिनमै घरेलु मैदानमा ओर्लेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलको प्रभावशाली प्रदर्शनबाट प्रेरित लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको फाइनलमा पुगेको छ । भारतीय क्लब गरिफा स्पोर्टिङलाई ३–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
शनिबार हुने फाइनलमा मनाङ ले रुस्लान थ्री स्टार क्लब को सामना गर्नेछ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा हराउँदै थ्री स्टार बुधबार फाइनलमा पुगेको थियो । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाईले रातो कार्ड पाउँदै मैदान छोडेपछि मनाङले त्यसको फाइदा उठाएको हो । केहि दिन अघिमा जापानबाट फर्केर इटहरी पुगेका सन्तोषले ४७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।
थ्री स्टारका पूर्व स्टार समेत रहेका सन्तोषले ६९ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे । विमल रानाले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । सन्तोष खेलको म्यान अफ द म्याच चुनिए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।
यो वर्ष दुई नकआउट उपाधि जितेको मनाङको यो पाँचौं फाइनल हो । चितवनमा जेसिस कप जितेको मनाङले दुवही गोल्ड कपको उपाधि उचालेको थियो । टोली सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप दुवैको फाइनलमा आर्मीसँग पराजित भएको थियो । यो महिनाको सुरुआतमा धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पनि मनाङ आर्मीसँगै पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]