8 years ago
February 4, 2018
लेभान्टे (एजेन्सी) – स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडको खराब लय कायम रहेको छ । गए राति खेलिएको लेभान्टेविरुद्धको खेलमा रियल २-२ को बराबरीमा रोकिएको छ ।
रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोसले खेलको एधारौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर घरेलु टोली लेभान्टेका इमानुयल बोएटाङले ४२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ८१ औं मिनेटमा मिडफिल्डर इस्कोले गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाएका थिए । तर नियमित समय सकिन एक मिनेट बाकिं छँदा घरेलु टोलीका ग्यामपाउलो पाजिनीले गोल गर्दै रियललाई निराश बनाएका थिए ।
यस नतिजासँगै रियलको २१ खेलमा ३९ अंक रहेको छ । दुई अंक गुमाउँदै रियलले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो । बार्सिलोना ५७ अंकसहित पहिलो स्थानमा रहेको छ भने एट्लेटिको म्याड्रिड ४६ अंकसहित दोस्रो स्थानमा रहेको छ । उत्तिकै खेलबाट भ्यालेन्सियाको ४० अंक रहेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]