default_image

6 years ago

February 4, 2018

लिलविरुद्ध पिएसजी विजयी, नेयमारको ३५० औं गोल

लिल (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीका लागि डिफेन्डर युरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन आकर्षक लयमा रहेका नेयमारले खेलको ७७ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । […]

22 views

0 Bookmark

लिल (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पिएसजीका लागि डिफेन्डर युरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन आकर्षक लयमा रहेका नेयमारले खेलको ७७ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । डि-बक्सबाहिर पाएको फ्रि-किकलाई नेयमारले सोझै गोलमा परिणत गरेका थिए । सो गोलसँगै व्यवसायिक फुटबलमा उनले आफ्नो ३ सय ५० औं गोल पुरा पनि गरे ।

त्यस्तै खेलको अन्तिम मिनेटतिर युवा खेलाडि गिओभानी लो सेल्सोले सुन्दर चिप गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै पिएसजीले अग्रस्थानमा ११ अंकको अन्तर कायम राखेको छ । पिएसजीको २४ खेलमा ६२ अंक रहेको छ । त्यस्तै लिल भने तालिकाको १८ औं स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.