8 years ago
February 4, 2018
लन्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटीका लागि डिफेन्डर ड्यानिलोले खेलको २२ औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर बर्नलीका जोहान गुडमुनसनले खेलको ८२ औं मिनेटमा घरेलु टोलीको एक अंक सुनिश्चित गरेका थिए ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाई २-० ले हराउन सफल भयो । युनाइटेडका लागि पहिलो गोल स्ट्राइकर रोमेलु लुकाकुले गरेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि दोस्रो खेल खेल्दै गरेका एलेक्सिस सान्चेजले पहिलो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
गए राति नै खेलिएको अन्य खेलमा आर्सनलले एभर्टनलाई ५-१ ले हराउन सफल रह्यो । आर्सनलका लागि मिडफिल्डर आरोन राम्जीले ह्याट्रिक गरेका थिए । त्यस्तै नव खेलाडि पियर-एम्रिक अबामेयाङले आफ्नो डेब्यु खेलमै गोल गरे । आर्सनलका लागि अर्का नयाँ खेलाडि हेनरिक मिखितार्यनले ३ असिस्ट पनि गरेका थिए ।
यस नतिजासँगै सिटी पहिलो, युनाइटेड दोस्रो र आर्सनल छैटौं स्थानमा यथावत् नै छन् । युनाइटेडले सिटीसँगको अन्तर १३ अंकमा छोट्याएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]