8 years ago
February 4, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड एवं स्पेनिस राष्ट्रिय टोलीका स्टार डिफेन्डर सर्जियो रामोसले शनिबार भएको खेलमा गोल गर्दै अनौठो किर्तिमान कायम गरेका छन् ।

शनिबार लेभान्ते विरुद्धको खेलमा रियल म्याड्रिडलाई अग्रता दिलाउने क्रममा उनले टोनी क्रुसको कर्नरमा हेडर गोल गरेका थिए । यससँगै रामोस ला लिगामा लगातार १४ सिजनसम्म गोल गर्ने पहिलो डिफेन्डर बनेका छन् । निकै खराब प्रदर्शन गरिरहेको रियलको लागि रामोसले शनिबार सिजनकै पहिलो लिग गोल गरेका थिए ।
रामोसले गत सिजन हालसम्मकै उत्कृष्ट सिजनभर ७ गोल गरेका थिए । सन् २००४/०५ को सिजनमा पहिलो लिग गोल गरेका उनले त्यसयता प्रत्यक सिजन कम्तीमा २ गोल गरेका छन् । उनले हालसम्म ५२ लिग गोल गरेका छन् ।

गोलको विवरण:
०४/०५ – २ गोल । ०५/०६ – ४ गोल । ०६/०७ – ५ गोल
०७/०८ – ५ गोल । ०८/०९ – ४ गोल । ०९/१० – ४ गोल
१०/११ – ३ गोल । ११/१२ – ३ गोल । १२/१३ – ४ गोल
१३/१४ – ४ गोल । १४/१५ – ४ गोल । १५/१६ – २ गोल
१६/१७ – ७ गोल । १७/१८ (चालु) – १ गोल
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]