8 years ago
February 5, 2018
काठमाडौं (कास)- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जकार्ता इन्डोनेसियाको प्रतिष्ठित प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार क्वाटरफाइनलमा पर्सिजाले मिट्रा कुकारलाई ३-१ ले पराजित गरेको हो ।

पर्सिजाको जितमा मार्को सिमिचले दुई गोल गरेका थिए । सिमिचले २० औं मिनेटमा सुरुआती अग्रता दिलाएपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पारे । फर्नान्डो रोड्रीग्वेजले ७२ औं मिनेटमा गोल गर्दै मिट्रालाई खेलमा फर्काउने प्रयास गरे । तर ३ मिनेट बाँकी रहँदा बामबाङ् पामुङ्कासले गोल गर्दै पर्सिजाको जित पक्का गरे ।
पर्सिजाले अब अर्को साता दुई लेगको खेलमा पीएसएमएस मेदानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा बाली युनाइटेड र श्रीविजय एफसी भिड्दैछन् । प्रतियोगिताको फाइनल खेल १७ फेब्रुअरीमा जकार्तामै हुनेछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन अरिमा क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिसकेको छ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]