8 years ago
February 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको भ्यालेन्सिया र एटलेटिको म्याड्रिडको खेलमा एटलेटिकोका कप्तान डिएगो गोडीनको दाँत भाँचिएको छ । एटलेटिकोले खेल १-० ले जित्दा गोडीनको लागि भने खेल महँगो पर्यो ।

खेलको दोस्रो हाफमा भ्यालेन्सियाको गोलरक्षक नेटोसँग जुधेपछि उनको दाँत भाँचिएको हो । पेनाल्टी क्षेत्रभित्र क्रसलाई हेडीङ गर्ने प्रयास गर्दा नेटोको हातले गोडीनको मुखमा लागेको थियो । केहि समय मैदानमै ढलेका गोडीनको अवस्था देखेर पुरै रंगशाला स्तब्ध भएको थियो ।
तर केहिछिनमै गोडीन उठेपछि उनको दाँत भाँचिएको थाहा भयो । ३१ वर्षीय गोडीनको मैदानमै दुई दाँत झरेको संचारमाध्यमले जनाएका छन् । उनलाई लगत्तै मैदानबाट बाहिर निकालिएको थियो । एटलेटिकोले त्यसअघि नै अर्का डिफेन्डर स्टेफन साभिचलाई चोटका कारण परिवर्तन गरिसकेको थिए ।
दुवै मुख्य डिफेन्डरलाई गुमाएपनि एटलेटिकोका लागि एन्जल कोर्रियाले गोल गर्दै खेल जिताए । यस जितसँगै एटलेटिको अंक तालिकामा दोस्रो स्थानमा अडिग छ । तेस्रो स्थानको भ्यालेन्सियासँग ९ अंकको अग्रता बनाएको एटलेटिको बार्सिलोनाभन्दा ९ अंकनै पछाडी छ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]