default_image

8 years ago

February 5, 2018

म्याराडोनाको घरमा अगुएरोलाई कालोमोसो

97 views

0 Bookmark

काठमाडौं (एजेन्सी) – अर्जेन्टिनाका दिग्गज फरवार्ड डिएगो म्याराडोनाले म्यानचेस्टर सिटी एवं अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सर्जियो अगुएरोको फोटोमा कालोमोसो दलेका छन् । म्याराडोनाको निवासमा भएको एक तस्बिरमा उनले जानाजान अगुएरोको तस्बिरमा कालोमोसो लगाएका हुन् ।

म्याराडोनाको छोरीसँग ६ वर्षअघि अगुएरोले डिभोर्स गरेका थिए । सन् २००८ मा विवाह गरेको उक्त जोडीले सन् २०१२ मा छुट्टिने निर्णय लिए । तर म्याराडोनालाई भने यो सब पचिरहेको थिएन । उनले सार्वजनिक रुपमै पनि अगुएरोबारे नराम्रो प्रतिक्रिया दिंदै आएका छन् । अगुएरोको म्याराडोनाको छोरीसँग वैवाहिक सम्बन्धमा रहँदा एक छोरा पनि थिए ।

म्याराडोनाले ट्विटरमा राखेको एक तस्बिरमा अगुएरोको तस्बिर भएको स्थानमा कालोमोसो लगाएको प्रष्ट देखिन्छ । अगुएरोले उक्त तस्बिरमा आफ्नो छोरा बेन्जामिनलाई बोकेका छन् । एटलेटिको म्याड्रिडमा रहँदा लिइएको उक्त तस्बिरमा अगुएरो भएको भागमात्र कालोमोसो दलिएको छ ।

म्याराडोना हाल दुबईस्थित अल फुजरिया क्लबमा प्रशिक्षकका रुपमा कार्यरत छन् । एक समय अर्जेन्टिनाको राष्ट्रिय टोलीकै प्रशिक्षक रहिसकेका म्याराडोना विविध कारणले गर्दा समाचारमा आइरहन्छन् । अगुएरो भने तेस्रो पटक प्रिमियर लिग उपाधि जित्ने दाउमा छन् । उनले जारी सिजन प्रिमियर लिगमा १७ गोल गरिसकेका छन् ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.