8 years ago
February 6, 2018
विविध सुवेदी
काठमाडौं – विश्व फुटबलमा खेलाडिहरुको सरुवाको चर्चा सधै जसो चलिरहेकै हुन्छ । सबै क्लबका लागि खेलाडि भित्राउनु एउटा महत्त्वपूर्ण पाटो हो किनभने नयाँ खेलाडिहरुको आगमनले टोलीलाई नयाँ आयाम दिने गर्छ । त्यस्तै अहिले बजारमा चर्चा चलिरहेको एक महत्त्वपूर्ण ट्रान्सफर ब्राजिलियन फरवार्ड नेयमारको हो । विगत केहि समयदेखि विभिन्न समाचार तथा श्रोतहरुले उनको नाम स्पेनिस क्लब रियल म्याड्रिडसँग अत्यन्त जोडिरहेका छन् ।
रियल म्याड्रिडले अघिल्लो सिजन च्याम्पियन्स लिग तथा स्पेनिस ला लिगा जस्ता महत्त्वपूर्ण उपाधि जित्न सफल भएको थियो । च्याम्पियन्स लिग उपाधि दोस्रो वर्ष लगातार जित्दै रियलले इतिहासको पानामा आफ्नो नाम अझै गाढा अक्षरमा लेख्न सफल रह्यो । तर यस सिजन रियल आश्चर्यजनक तरिकाले खस्किएको स्पष्ट छ ।
लिगमा निराशजनक सुरुवातपछि रियलले आगमन गर्ने उसका प्रशंसकहरुले आशा गरे पनि सो खराब लय अहिलेसम्म निरन्तर नै छ । यसै साता रियल तालिकाको १७ औं स्थानमा रहेको लेभान्टेसँग २-२ को बराबरीमा रोकियो जुन नतिजा रियलको आफ्नो स्तरलाई सुहाउँदैन । आफ्नो चिरपरिचित प्रतिद्वन्दी बार्सिलोना यस सिजन लिगमा अपराजित रहँदा रियलले ४ पराजय भोगिसक्यो । २१ खेलमा ३९ अंकसहित रियल तालिकाको चौथो स्थानमा छ । यहि लय निरन्तर रह्यो भने च्याम्पियन्स लिगमा छनोट हुन पनि रियलले संघर्ष गर्नु पर्ने देखिन्छ ।
यस विन्टर ट्रान्सफर विन्डोमा अन्य क्लबहरुले नयाँ अनुहार आफ्नो टोलीमा थपे पनि रियलले कोहि नयाँ खेलाडि भित्राएन । तर अबको समर ट्रान्सफर विन्डो भने त्यस्तो अवश्य हुने छैन । रियलले टोलीमा ठूला परिवर्तनहरु गर्ने पक्का छ । नयाँ सम्भावित नाममा भने ब्राजिल तथा पिएसजीका फरवार्ड नेयमारको नाम सुचीको अग्रपंक्तिमा आउँछ ।
रियलका स्ट्राइकर करिम बेन्जेमा केहि समयदेखि लयमा छैनन् । सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि ३३ वर्ष पुगिसके । कुनै पनि फुटबल खेलाडिका लागि यो उमेरपछि पनि निरन्तर रुपमा उच्च स्तरमा प्रदर्शन गर्नु चुनौतिपूर्ण नै हुने गर्छ । त्यसैले रियल युवा तथा प्रमाणित खेलाडिको खोजीमा हुनेछ जसले रोनाल्डोले जसरी नै लामो अवधिसम्म टोलीको जिम्मेवारी पुरा गर्ने छन् । यस मापदण्डमा फिट हुने खेलाडि पनि नेयमार नै हुन् ।
नेयमारले उच्च स्तरिय प्रदर्शन गर्दै फुटबलमा बेग्लै नाम बनाएका छन् । उनको यहि प्रतिभाका कारण पिएसजीले उनलाई १ सय ९९ मिलियन पाउन्ड खर्चिँदै बार्सिलोनाबाट किनेको थियो । नेयमार आफैं यस ट्रान्सफरलाई आफ्नो विकासको चरण मान्छ्न् । बार्सिलोनामा लियोनल मेस्सीसँग खेल्दा उनको छायाँमा परेको नेयमारले स्विकार गरे । आफ्नो बालोन डि’ओर जित्ने उद्देश्य बार्सिलोनामा सम्भव नदेखिएको नेयमारले बताए ।
पिएसजीमा नेयमार शानदार लयमा देखिएका छन् । सबै प्रतियोगितामा उनले यस सिजन १८ गोल गरिसकेका छन् । उनको टोली पनि लिग १ को शीर्ष स्थानमा ११ अंकले अगाडि रहेको छ । तर अन्य क्लबहरु तुलात्मक रुपमा कमजोर भएका कारण नेयमार बलोन डि’ओरबाट यस सिजन पनि टाढै देखिन्छन् । बलोन डि’ओर जित्ने सपना पुरा गर्न उनी रियलमा आउने सम्भावना पनि यसैकारण बलियो देखिन्छ । रियल पनि उनलाई ३ सय मिलियन पाउन्डसम्म खर्चिन तयार रहेको जनाइएको छ ।
रियलको जारी सिजनको प्रदर्शन र नेयमारको रियलसँग जोडिएको भविष्य समयले नै बताउने छ । तर हालको लागि फेब्रुवरी १४ मा च्याम्पियन्स लिगमा पिएसजी र रियल अामने-सामने हुँदैछन् । त्यस खेलमा नेयमार आकर्षणको केन्द्रविन्दुमा हुने भने पक्का छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]