default_image

8 years ago

February 5, 2018

रोड्रिग्वेजले अझै राम्रो गर्न सक्ने प्रशिक्षकको विश्वास

127 views

0 Bookmark

म्युनिख (एजेन्सी)– बायर्न म्युनिखका प्रशिक्षक जप हेन्किजले टोलीका खेलाडी कोलेम्बियन स्टार हामेस रोड्रिग्वेजसँग अझै बढी उच्च प्रदर्शनको अपेक्षा गरिएको बताएका छन् ।

रोड्रिग्वेजले मेन्जसँग २–० को जितमा ‘म्यान अफ दी म्याच’ प्रदर्शन गरेका थिए । एक गोल गरेका उनले अर्को गोलमा एसिस्ट गरेका थिए । प्रशिक्षकका प्रिय बन्दै गएका उनले यो सिजनमा १२ मध्ये ११ खेल खेल्ने मौका पाइसकेका छन् । उनले टोलीबाट ९ सय ३९ मिनेटमा खेलिसकेका छन् ।

जिनेदिन जिदानको विश्वास जित्न नसकेपछि उनी रियल म्याड्रिडबाट सिजनको सुरुआतमा म्युनिख पुगेका थिए । त्यहाँ पुगेयता उनले राम्रो प्रदर्शन गरिरहेका छन् । उनी यति बेला टोलीको महत्वपूर्ण सदस्य बनिसकेका छन् ।

‘उनी अहिलेको अवस्थामा छन् त्यसलाई उनले मनन गर्नुपर्दछ । उनलाई भगवानले म्युनिख पाठएको हो,’ डिएफबी कपको खेल अघि उनले भनेका छन्, ‘उनले क्षमता अनुसार रियलमा मौका पाएनन् । यहाँ उनी खुसी छन् । नयाँ देश र परिवेश, भाषा भएको ठाँउमा आएर खेल्न सहज छैन ।’

प्रशिक्षकले थपे, ‘उनले राम्रो गरिरहेका छन् । तर उनी अझै राम्रो गर्ने क्षमता राख्छन् । उनको सुधारका लागि मैले व्यक्तिगत रुपमा पनि सुझाव दिएको छु ।’

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.