8 years ago
February 6, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार वाटफर्डले चेल्सीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

वाटफर्डको घरेलु मैदानमा पाहुना टोलीका टिमुए बाकायोको पहिलो हाफमै दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए । लगत्तै चेल्सीका गोलरक्षक थिबाउ कोर्टुअाले जेरार्ड डेउलेफेउलाई लडाएपछि प्राप्त पेनाल्टीमा वाटफर्ड कप्तान ट्रोय डीनीले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा वाटफर्डले अाक्रमण जारी राख्यो ।
इडेन हजार्डले ८० अौं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । तर ६ मिनेटको अन्तरमा तीन गोल गर्दै घरेलु टोलीले जित हात पार्यो । ड्याारिल यानमातले अग्रता दिलाएपछि डेउलेफेउ र रोबर्टो परेराले १-१ गोल थपे ।

यस नतिजासँगै चेल्सी २६ खेलमा ५० अंक लिएर चौथो स्थानमा छ । वाटफर्ड समान खेलमा ३० अंकसहित ११ अौं स्थानमा रहेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]