8 years ago
February 6, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका खेलाडिहरुमा अहिले थकावटको सङ्केत देखिन थालेको उसका स्टार मिडफिल्डर केभिन डे ब्रुयनले बताएका छन् । 
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा रहेको छ र च्याम्पियन्स लिग, एफए कप र लिग कप जित्ने सम्भावना पनि जीवतै छ । तर सिजनको सुरुवातमा देखिएको लयलाई अहिले निरन्तरता दिन नसक्नु खेलाडिहरुमा छाएको थकावट रहेको मिडफिल्डर केभिन डे ब्रुयनले बताएका छन् ।
सिटी यसै साता प्रिमियर लिगमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको थियो । खेलपछिको अन्तर्वार्तामा डे ब्रुयनले आफूले पहिलो मिनेटदेखि नै थकावट महसुस गरेको बताए ।
“पहिलो १० खेल निकै सहज महसुस भएको थियो । त्यसपछिको १० खेल अलि गाह्रो भयो भने अहिले निकै नै गाह्रो महसुस भइरहेको छ ,” डे ब्रुयनले इङ्लिस वेबसाइट फोफोटुलाई बताए ।
“सिजन अगाडि बढ्दै जादाँ हाम्रा केहि खेलाडिहरु घाइते हुँदै गए । अहिले हामीसँग सीमित खेलाडिहरु मात्र उपलब्ध छन् । हामीले निरन्तर खेलिरहँदा सो थकावट आजको हाम्रो प्रदर्शनमा पनि झल्कियो । यसले गर्दा राम्रो खेल्दा पनि हामी चाहेको नतिजा ल्याउन चुकिरहेका छौँ, ” डे ब्रुयनले थपे ।
हालै प्रशिक्षक पेप ग्वाडिओलाले पनि आफूसँग पर्याप्त खेलाडि नरहेकाले यो सिजन चारै उपाधि जित्न नसकिने बताएका थिए । सिटी अहिले तालिकामा प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडभन्दा १३ अंकले अगाडि रहेको छ । सिटी अब शनिबार लेस्टरसँग प्रिमियर लिगमा उत्रिनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]