default_image

8 years ago

February 7, 2018

एफए कपमा स्वान्सीको अाठ गोल

179 views

0 Bookmark

लन्डन (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत बुधबार स्वान्सीले तल्लो श्रेणीको क्लब नट्स काउन्टीलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अघिल्लो साता नट्स काउन्टीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएपछि दोस्रो लेग भएको थियो । स्वान्सीले घरेलु मैदानमा १८ अौं मिनेटमा ट्यामी अब्राहामको गोलमा अग्रता लिएको थियो ।

लगत्तैनाथन डायरले १० मिनेटको अन्तरमा दुई गोल गरे । नुर हुसिनले पाहुना टोलीको लागि एक गोल गरेपनि पहिलो हाफको अन्तिममा अब्राहामले स्वान्सीलाई ४-१ ले अगाडि बढाए ।

दोस्रो हाफमा पनि स्वान्सीले ४ गोल गर्यो । काइल नटन, वायन राउटलेज, थोमस क्यारोल र डेविड जेम्सले १-१ गोल थपेपछि स्वान्सी अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।

अन्य खेलमा रचडेलले मिलवाललाई १-० ले हराउँदा हडर्सफिल्डले बर्मिङ्घमलाई ४-१ ले पराजित गर्यो ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.