8 years ago
February 7, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली कप अन्तर्गत मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोचाउलाई ४-१ ले पराजित गरेको छ ।

एन्जल डि मारियाले ह्याट्रिक प्रहार गरेपछि नेयमारले विश्राम लिएको खेलमा पीएसजी सहजै विजयी रहेको थियो । अर्को एक गोल एडिन्सन कभानीको नाममा रह्यो । खेलको अन्त्यतिर पीएसजीका गोलरक्षक केभीन ट्रयापले रातो कार्ड पाएपछि डिफेन्डर ड्यानी अाल्भेस गोलरक्षकको भूमिकामा देखिए ।
बेन्चमा अतिरिक्त गोलरक्षक भएपनि तीन खेलाडी परिवर्तन गरेको कारण मैदानमा रहेका एक खेलाडी गोलरक्षक बन्नुपर्ने थियो । अाल्भेसले अन्तिम मिनेटमा रातो कार्ड खाएको फलमा पोस्ट सम्हाले । यधपि उक्त प्रहार वालमा लागेका कारण उनले बल समाउन भने परेन ।

अाल्भेस खेलको १० सेकेण्ड समय मात्र गोलरक्षकको भूमिकामा रहे । पीएसजी भने यस जितसँगै कपको अर्को चरणमा प्रवेश गरेको छ । अर्को खेलमा लागि गोलरक्षक ट्रयाप खेल्न पाउने छैनन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]