default_image

8 years ago

February 7, 2018

मेस्सी संसारकै महंगा खेलाडी बन्न सक्थे !

150 views

0 Bookmark

बार्सिलोना (एन्जेसी)– बार्सिलोनाका महान खेलाडी लियोन मेस्सीले चिनियाँ क्लबको प्रस्ताव स्वीकार गरेको भए उनी विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बन्ने थिए ।

messi

तर, बार्सिलोनासँग नयाँ सम्झौतामा जोडिनु अघि चिनियाँ सुपर लिग (सिएसएल) को क्लबले उनलाई प्रस्ताव गरेका थिए जुन उनले स्वीकार नगरेको खबर सार्वजनिक भएको छ । सिएसएल क्लबले उनलाई बार्षिक १ सय ८८ मिलियन पाउन्डको प्रस्ताव राखेको थियो ।

मेस्सीले साताको १७ लाख पाउन्डको प्रस्ताव अस्वीकार गर्दै बार्सिलोनासँग सन् २०२१ सम्मको नयाँ सम्झौता गरेका थिए । बार्सिलोनामा उनी साताको ५ लाख पाउन्ड पाउने गरेका छन् । जारी खबर अनुसार केहि चिनियाँ क्लब मेस्सीको ६ सय २२ मिलियनको रिलिज क्लज तिर्न तयार पनि थिए ।

चिनियाँ क्लबले अहिले मेस्सीलाई भित्राउने इच्छा अन्त्य गरिसकेका छन् ।  मेस्सीका अर्जेन्टिनी सहकर्मी इजेक्वेल लाभेज्जी र जाभियर मास्केरानो अहिले चिनियाँ क्लबसँग आबद्ध छन् ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.