default_image

8 years ago

February 7, 2018

‘रोनाल्डोको फर्म पतन भएको छैन ‘- बाप्पे

143 views

0 Bookmark

पेरिस (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको यो सिजन उत्कृष्ट हुन सकेको छैन । तर, पेरिस सेन्ट जर्मेन (पिएजसी) का स्टार केलियन बाप्पे रोनाल्डाको फर्म पतन भइसकेको मान्न तयार छैनन् ।

ला लिगामा यो सिजन रोनाल्डोले उच्च प्रदर्शन गर्न सकेका छैनन् । उनले लिगका १७ खेलमा ८ गोल मात्र गरेका छन् । तर, च्याम्पियन्स लिगमा भने उनको प्रदर्शन सन्तोषजनक रहँदै आएको छ । पोर्चुगिज स्टारले यो सिजन च्याम्पियन्स लिगका ६ खेलमा ९ गोल गरिसकेका छन् । त्यसका आधारमा पनि च्याम्पियन्स लिगको खेलमा रोनाल्डोलाई हल्का लिन नहुने बाप्पेको बुझाई छ ।

‘रोनाल्डो अहिले पतन भएका छैनन् । यदि उनी पतन भएका मान्ने हो भने अरु धेरै खेलाडी पनि पतन भएको मान्नुपर्दछ,’ मंगलबार पिएजीको जितपछि उनले भने, ‘उनी महान खेलाडी हुन् । उनी हामीविरुद्ध खतरा बन्न सक्छन् । हामीले सबै खाले परिस्थितिका लागि तयार हुनु पर्दछ । उनी टोलीको बलियो आधार हुन् ।’

रियल ला लिगामा शीर्षस्थानको बार्सिलोना भन्दा १९ अंकले पछाडि रहेको छ । त्यस्तै टोली अर्को सिजन च्याम्पियन्स लिगको छनोटका लागि समेत संघर्ष गरिरहेको छ । पिएसजीसँगको खेल रियलका प्रशिक्षक जिनेदिन जिदानका लागि अन्तिम मौकाका रुपमा हेरिएको छ । रियल र पिएसजीबीच च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलको पहिलो लेग सान्टियागो बेर्नाबेउमा फेब्रुअरी १५ मा हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.