8 years ago
February 9, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन फुटबलको पावर हाउस बन्दै गइरहेको छ । टोलीमा अहिले चर्चित खेलाडीहरुको जमघट पनि छ । पिएसजीले खेलाडीका लागि ठूलो धनराशी खर्चदै आएको छ । त्यसमध्ये क्लबका सबैभन्दा बढी पारिश्रमिक लिने ५ खेलाडी यी हुन् ।
५. एन्जल डी मारिया

म्यानचेस्टर युनाइटेडमा खासै प्रभावकारी हुन नसकेका डी मारिया पिएसजीमा भने जमेका छन् । उनी अहिले क्लबबाट साप्ताहिक २ लाख ३० हजार पाउन्ड पारिश्रमिक लिन्छन् । विश्वका उत्कृष्ट खेलाडी मध्येका एक डी मारियाले टोलीको पहिलो खेलमा ह्याट्रिक गरेका थिए । उनको पूर्व क्लब रियल म्याड्रिडसँग हुने च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा डी मारियाको भूमिका महत्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ ।
४.थिएगो सिल्भा

पिएसजीका कप्तान सिल्भा उच्च पारिश्रमिक लिने टोलीका खेलाडीको सुचिमा चौथो नम्बरमा पर्दछन् । लामो समयदेखि क्लबमा आबद्ध रहेका उनले साप्ताहिक २ लाख ७० हजार पाउन्ड लिने गरेका छन् । सन् २०१२ मा मिलानबाट पिएसजी पुगेयता उनी टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । उनको नेतृत्व क्षमता र स्तर हेर्दा तत्काल उनलाई प्रतिस्थापन गर्ने खेलाडी अहिले टोलीमा छैन ।
३.केलियन बाप्पे

युवा स्ट्राइकर बाप्पेले साप्ताहिक रुपमा क्लबबाट ३ लाख १० हजार पाउन्ड बुझ्ने गरेका छन् । रियल म्याड्रिडसहित केहि ठूला क्लबले उनीमाथि चासो देखाएपनि उनी अन्ततः फ्रान्समै बस्ने निर्णयमा पुगे । मोनाकोबाट सिजनको सुरुआतमा लोनमा पुगेका बाप्पले अर्को सिजन क्लबसँग स्थायी सम्झौता गर्नेछन् । क्लब पुगेयता उनले उच्च प्रदर्शन गर्दै आएका छन् ।
२.इडिन्सन काभानी
युरोपियन च्याम्पियन बन्ने पिएसजीको लक्ष्य अनुरुप क्लबले पहिलो भित्राएका खेलाडी हुन काभानी । पाँच वर्षमा उनी क्लबका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ज्लाटान इब्राहिमोभिचको कीर्तिमानलाई पछि उछिनिसकेका छन् । साप्ताहिक रुपमा ३ लाख २० हजार पाउन्ड पारिश्रमिक लिने गरेका काभानीले आफ्नो भूमिकामा न्याय गर्दै आएका छन् ।
१. नेयमार

सिजनको सुरुआतमा नेयमार निकै चर्चामा रहे । बार्सिलोनमा रहँदा सम्भव सबै उपाधि जितेका नेयमार नयाँ चुनौतिका साथ पिएसजी पुगेका थिए । क्लबका सर्वाधिक गोलकर्ता भन्दा उनी झन्डै दोब्बर कमाउछन् । उनले साप्ताहिक रुपमा ६ लाख ३० हजार पाउन्ड बुझ्ने गरेका छन् । पिएसजी पुगेयता २६ खेल खेलिसकेका नेयमार २७ गोल गर्नुका साथै १६ एसिस्ट गरिसकेका छन् । उनको आगमनपछि पिएसजीले युरोपियन च्याम्पियन बन्ने सपना देख्न थालेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]