मिलान (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शुक्रबार युभेन्टसले फियोरेन्टिनालाई २-० ले पराजित गरेको छ ।
फियोरेन्टिनाकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५६ अौं मिनेटमा फेडेरिको बर्नार्डेस्कीको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो । खेलको चार मिनेट बाँकी छँदा जोर्जियो किएलिनीको पासमा गोन्जालो हिगुअाइनले गोल गरे ।
यस जितसँगै युभेन्टसले अंक तालिकामा दोस्रो स्थानको नेपोलीमाथि २ अंकको अग्रता लिएको छ । यधपी नेपोलीले एक खेल कम खेलेको छ । नेपोलीले शनिबार तेस्रो स्थानमा रहेको लाजियोको सामना गर्दैछ ।