8 years ago
February 10, 2018
लण्डन (एजेन्सी) – इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता चेल्सीका स्टार खेलाडि एडेन हाजार्डले सिजनको अन्त्यपछि रियल म्याड्रिडसँग जोडिने सङ्केत दिएका छन् ।
हाजार्डले हालै अन्तर्वातामा आफू चेल्सीसँग खुशी रहेको तर फुटबलमा जे पनि हुन सक्ने भएकाले आफू रियल म्याड्रिड पुग्ने-नपुग्ने अहिले निश्चित नरहेको बताए । तर विभिन्न श्रोतले हाजार्डको यो उत्तरलाई उनी रियल जाने सङ्केतका रुपमा हेरेका छन् ।
हाजार्डले यसअघि पनि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको प्रशंसा गरेका थिए र उनीसँग काम गर्न इच्छुक रहेको बताएका थिए । जिदानले पनि हाजार्ड आफ्नो मनपर्ने खेलाडि रहेको बताएका थिए ।
अहिले चेल्सी प्रिमियर लिगमा निकै खराब लयमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको पनि यस सिजन सोचेको जस्तो प्रदर्शन हुने सकेको छैन । यस सिजनको अन्त्यमा रियलले केहि ठूला नाम ल्याउनेमा पक्का छ । त्यसमा नेयमार पनि छन् र चेल्सीका हाजार्ड तथा टोटनह्यामका ह्यारी केनप्रति पनि रियलले चासो देखाएको छ ।
हाजार्डलाई रियल ल्याएर रियल म्याड्रिडका इस्कोलाई चेल्सी पठाउने हल्ला पनि बजारमा चलिरहँदा जिदानले इस्कोलाई आफूले लामो समयका लागि रियलमा देखेको बताएका थिए ।
हाजार्ड विश्व फुटबलमा एक स्थापित नाम हुन् र दुवै पक्ष्य एकअर्काप्रति आकर्षित पनि छन् । त्यसैले अर्को सिजनमा हाजार्डलाई रियल म्याड्रिडको जर्सीमा देखिनु कुनै आश्चर्य भने हुने छैन ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]