default_image

8 years ago

February 10, 2018

आर्सनलविरुद्ध टोटनह्याम विजयी

167 views

0 Bookmark

लन्डन (एजेन्सी) – प्रिमियर लिगको ‘नर्थ लन्डन डर्बी’ अन्तर्गत टोटनह्यामले आर्सनललाई १-० ले हराएको छ । टोटनह्यामका लागि स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरेका हुन् ।

खेलभरी टोटनह्याम आर्सनलमाथि हावी देखियो । पहिलो हाफमा केनले हेडिङको राम्रो अवसर गुमाएका थिए । तर दोस्रो हाफको सुरुवाती मिनेटमा बेन डेभिसको क्रसलाई सदुपयोग गर्दै केनले टोलीलाई अग्रता दिलाए ।

आर्सनलले आफ्नो सबैभन्दा महँगा खेलाडि पियर-एम्रिक अबामेयाङलाई सुरुवात गराए पनि उनले आर्सनलका लागि खेलमा खासै प्रभाव पार्न सकेनन् । यस जितसँगै टोटनह्याम तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आर्सनल भने छैटौं स्थानमा यथावत् रहेको छ ।

प्रिमियर लिगका अन्य खेलहरुको नतिजा:

एभर्टन ३-१ क्रिस्टल प्यालेस

स्टोक १-१ ब्राइटन

स्वान्सी १-० बर्नली

वेष्ट ह्याम २-० वाटफोर्ड

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.