8 years ago
February 11, 2018
म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ५-२ ले पराजित गरेको छ ।

शनिबार ला लिगा अन्तर्गत भएको खेलमा रियलले लुकमस भाज्केजको पहिलो मिनेटको गोलमा अग्रता लिएको थियो । उनले रोनाल्डोकै पासमा गोल गरे । २७ अौं मिनेटमा मार्सेलोको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका रोनाल्डोले ३७ र ८० अौं मिनेटमा पनि गोल गरे ।
रियलकालागि अर्को गोल टोनी क्रुसले गरेका थिए । सोसिडाडका लागि दोस्रो हाफमा जोन बाउटिस्टा र अासिएर इलारामेन्डीले गोल गरे । यो रियलको लिगमा १२ अौं जित हो ।

अन्य खेलमा एट्लेटिको म्याड्रिडले मालागाको मैदानमा १-० को जित रच्यो । एन्टोइन ग्रिज्मनले पहिलो मिनेटमा गरेको गोल निर्णायक सावित भयो । अलाभेसले भिल्लारियललाई २-१ ले पराजित गर्यो ।
रियल २२ खेलमा ४२ अंक लिएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको ५२ अंक छ । बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]