default_image

8 years ago

February 12, 2018

विमल सम्मिलित मोहन बगान गोकुलमको सामना गर्दै

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा सोमबार गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

१३ खेलमा मोहन बगानको २१ अंक छ र टोली चौथो स्थानमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको टोली मिर्नेभा २९ अंकसहित शीर्षस्थानमा छ भने नेरोका (२८) दोस्रो र इस्ट बंगाल (२३) तेस्रो स्थानमा छ । १० टोलीको सहभागिता रहेको आइ लिगमा १२ खेलमा गुकुलम १० अंकसहित अंक तालिकाको पुछारमा छ ।

सिलोङ लाजोङसँगको खेलको इन्जुरी समयमा मैदान प्रवेश गर्दै डेब्यू गरेका विमल यसअघि चेन्नाई सिटीसँगको खेलमा पनि पहिलो रोजाइमा पर्न सकेका थिएनन् । चेन्नाईसँगको खेलमा उनी ३४ औं मिनेटमा मैदान प्रवेश गरेपनि खासै प्रभाव जनमाउन सकेनन् ।

विमलले पहिलो रोजाइमा पर्न अझै संघर्ष गर्नुपर्ने देखिएको छ । आई लिगमा हरेक टोलीले ६ विदेशी खेलाडिलाई टोलीमा राख्नु पर्ने हुन्छ । ती ६ खेलाडिमध्ये केवल ५ मात्र सुरुवाती ११ मा खेल्न पाउँछन् ।

विमल बाहेक मोहन बगानमा नाइजेरियाका इज किङ्सली, अष्ट्रेलियाका केमरुन वाटसन, जापानका युटा किनोवाकी, केमरुनका डिपान्डा डिका र लेबननका अक्रम मोघ्राबि छन् । यी पाँचै खेलाडि विमलको तुलनामा अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित र अनुभवी खेलाडी हुन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.