8 years ago
February 12, 2018
साउथह्याम्पटन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले हराएको छ । लिभरपुलका लागि फरवार्डद्वय मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले गोल गरेका थिए ।
लिभरपुलले खेल सुरु भएको छैटौं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । सालाहको पासमा फिर्मिनोले गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए ।
त्यस्तै पहिलो हाफको ४२ औं मिनेटमा लिभरपुल थप अर्को गोल गर्न सफल भयो । यस बेला भने फिर्मिनोको सुन्दर पासमा सालाहले गोल गरे । खेलमा घरेलु टोली साउथह्याम्पटनले बल धेरै नियन्त्रणमा राखे पनि अवसरहरु सिर्जना गर्न नसक्दा खेल गुमाउन पुग्यो ।
यस जितसँगै लिभरपुल प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । साउथह्याम्पटन भने १८ औं स्थानमा झरेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]