8 years ago
February 13, 2018
एजेन्सी (लण्डन)- गए राति प्रिमियर लिगमा चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित गरेको छ । चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजिता संगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किन सफल भएको छ।
चेल्सीले खेलको २५ औं मिनेटमा हाजार्डको गोल मार्फत अग्रता लिन सफल भएको थियो । भर्खरै समाप्त भएको स्तान्तरण सत्रको अन्तिम दिन आर्सनलबाट आएका खेलाडी ओलिभर जिरुडको पासमा हाजार्डले पहिलो होल गरेका हुन् ।
चेल्सीले खेलको ६३ औँ मिनेटमा दोस्रो गोल थपेको थियो । रक्षक भिक्टर मोजेसले प्रहार गरेको बल बिपक्षी खेलाडीको खुट्टामा लाग्दै दिशा परिवर्तन गरेको पछि चेल्सीले थप अग्रता पाएको थियो। चेल्सीका लागि अन्तिम गोल हाजार्डले खेलको ७१ औँ मिनेटमा प्रहार गरेका थिए।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]