8 years ago
February 13, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा आज रियल र पिएसजी भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको साढे १ बजे सुरु हुने छ ।
रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछी सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो । रियल म्याड्रिडले पछिल्ला दुई सिजन च्याम्पियन्स लिग उपाधि लगातार जित्दै इतिहासको पानामा आफ्नो नाम अझै गाढा बनाउन सफल भएको छ । तर यो सिजन रियल सोचेजस्तो लयमा छैन ।
अर्को तर्फ पिएसजी भने घरेलु लिग तथा च्याम्पियन्स लिगको समूह चरणमा निकै राम्रो लयमा देखिएको थियो । पिएसजीका स्टार खेलाडि नेयमार यस सिजनपछि रियल जाने हल्ला निकै व्यापक छ । उनी आजको खेलको केन्द्रविन्दुमा रहने पक्का छ । उनलाई किलियन बाप्पे र एडिन्सन काभानीले अग्रपंक्तिमा साथ दिने छन् ।
सिजन खराब चले पनि यसै साता रियलले रियल सोसाइडाडलाई ५-२ ले हराएको थियो जसमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । सो ह्याट्रिक उनी लयमा फर्केको सङ्केत पनि हुन सक्छ । उनलाई ग्यारेथ बेल र करिम बेन्जेमाले अग्रपंक्तिमा साथ दिने छन् ।
समर्थक र प्रशंसकहरुले यस खेलको महिनौंदेखि प्रतिक्षा गरिरहेका छन् । टिकट खुलेको केहि समयमा नै पुरा ८० हजार टिकट खरिद भइसकेको थियो । दुई वर्षदेखि यी दुई टोलीको भेट हुँदा पिएसजी ३-१ ले विजयी भएको थियो । दुवै टोली युरोपका ठूला नाम भएका कारण आज यस खेलबाट निकै अपेक्षा गरिएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]