default_image

8 years ago

February 19, 2018

बेटिस विरुद्धको रोमाञ्चक खेलमा रियलको ५ गोल

119 views

0 Bookmark

बेटिस (एजेन्सी) – गए राति स्पेनिस लालिगामा रियल म्याड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ । रियलको जितमा मार्को एसेन्सियोले दुई गोल गरे ।

खेलको एघारौं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आइसा मान्डिको गोल र नाचोको आत्मघाती गोलमा घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो ।

दोस्रो हाफमा भने रियलले खेल पुरै उल्टाउन सफल भयो । ५० औं मिनेटमा सर्जियो रामोसको गोलमा रियलले खेल बराबरी पार्‍यो भने ५९ औं मिनेटमा एसेन्सियोले टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै स्कोर ४-२ पारेका थिए । घरेलु टोलीले सर्जियो लियोनमार्फत ८५ औं मिनेटमा गोल फर्काउदै खेलमा पुन: फर्किने संकेत दिए पनि इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित पारे ।

यस जितसंगै रियलको २३ खेलमा ४५ अंक पुगेको छ । रियल चौथो स्थानमा रहेको छ र एक खेल बढि खेलेको अग्रस्थानको बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.