default_image

8 years ago

February 19, 2018

बेल बेच्न तयार रियल म्याड्रिड

133 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – विभिन्न स्पानिस श्रोतहरुका अनुसार रियल म्याड्रिडले आफ्ना स्टार खेलाडि ग्यारेथ बेललाई यस समर ट्रान्सफर विन्डोमा बेच्न तयार भएको जनाएको छ । सन् २०१३ मा रियल पुगेका बेल चोटका कारण यस सिजन नियमित खेल्न पाएका छैनन् ।

टोटनह्यामबाट रियल म्याड्रिड आएयता बेलले आफ्नो प्रतिभाको झल्को देखाए पनि चोटका कारण नियमित खेल्न नपाउदा रियल उनलाई बेच्ने निर्णयमा आएको बताइएको छ ।

यस सिजन रियल म्याड्रिडले घरेलु लिगमा आशा गरेजस्तो प्रदर्शन गर्न सकेको छैन । त्यसैले यस सिजन पश्चात रियलले केहि ठूला नाम क्लबमा भित्राउने पक्का छ । रियल पिएसजीका नेयमार, चेल्सीका एडेन हाजार्ड र टोटनह्यामकै ह्यारी केनलाई भित्राउने होडमा रहेको बताइएको छ ।

आफूले चाहेको खेलाडिहरु किन्न रियलले केहि खेलाडिहरुलाई विदा गर्नु पर्दा बेलको पनि रियलमा समय समाप्त हुने बुझ्न सकिन्छ । अघिल्लो साता पिएसजीविरुद्धको च्याम्पियन्स लिग खेलमा पनि उनी बेन्चमै थिए भने प्रशिक्षक जिनेदिन जिदान उनीबाट खासै प्रभावित नरहेको खबर आएको छ ।

रियलमा मार्को एसेन्सियो उदाउंदै गर्दा बेलले उनलाई टोलीमा स्थानका लागि  उछिन्न पनि मुश्किल देखिएको छ । हाल म्यानचेस्टर युनाइटेड र चेल्सी बेललाई आफ्नो टोलीको हिस्सा बनाउन इच्छुक रहेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.