default_image

8 years ago

February 20, 2018

युरोपमा इंग्लिस टोलीको बढ्दो प्रभाव

135 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं – १९ मे, २०१२ । च्याम्पियन्स लिग फाइनल खेल – चेल्सी विरुद्ध बायर्न म्युनिख । पेनाल्टी सुट-आउटको अन्तिम तथा निर्णायक पेनाल्टी । चेल्सीका दिग्गज खेलाडि डिडियर ड्रोग्बाले सो पेनाल्टी लिन अघि बढ्दै बललाई बायाँतिर प्रहार गर्छन् । बायर्नका गोलकिपर म्यानुयल नोया दायाँतिर जान्छन् । प्रहार गरिएको बलले जाली चुम्छ र त्यो प्रहार चेल्सीको इतिहासमा सुनौलो अक्षरमा लेखिन्छ । आफ्नो इतिहासमा चेल्सी पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्न सफल हुन्छ । तर विडम्बनाको कुरा, त्यो फाइनल खेलसँगै इंग्लिस टोलीहरुको च्याम्पियन्स लिग फाइनलमा दाबेदारीको पनि पूर्ण विराम लाग्छ ।

सन् २००० यता च्याम्पियन्स लिग जित्ने इंग्लिस टोलीहरुमा चेल्सीसहित म्यानचेस्टर युनाइटेड र लिभरपुल पर्छन् । त्यस्तै आर्सनल पनि २००६ को फाइनलमा पुग्न सफल भएको थियो । तर ५ वर्षयता न कुनै इंग्लिस टोलीले च्याम्पियन्स लिग जितेका छन् न त फाइनलसम्मै पुगेका छन् ।च्याम्पियन्स लिग युरोपेली फुटबल क्लबहरुका लागि सबैभन्दा उच्च मञ्च मानिएकाले त्यहाँको प्रदर्शनले क्लबको समग्र प्रदर्शनको मुल्यांकन गरिन्छ, त्यसैले अहिले इंग्लिस टोलीहरुको स्तरमा गिरावट आएको आलोचना पाइएको छ ।

यस सिजनमा अहिलेसम्मको प्रदर्शनले भने ५ वर्षको सो प्रवृत्ति तोडिने संकेत दिएको छ । इंग्लिस प्रिमियर लिग (इपिएल) मा खेलिरहेका केहि खेलाडी व्यक्तिगत रुपमा उच्च लयमा छन् । ती नामहरुमा लिभरपुलका मोहम्मद सालाह, टोटनह्यामका ह्यारी केन र म्यानचेस्टर सिटीका केभिन डे ब्रुयन पर्छन् । यस सिजन ३४ गोलसहित केन युरोपकै शीर्ष ५ लिगका अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका छन् । उनले सन् २०१७ मा गोल गर्ने सुचीमा बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका थिए ।

त्यसैगरी रोमाबाट यस सिजन लिभरपुल आएका मोहम्मद सालाहले विश्वभरिका फुटबल प्रशंसकहरुलाई आफ्नो फुटबलको जादुले मोहित पारेका छन् । उनको ३० गोलमध्ये केहि त अपत्यार लाग्दा गोलहरु पनि छन् । केन र सालाह दुवैले मेस्सी, नेयमार र रोनाल्डोलाई यस सिजनको गोलको सुचीमा उछिनेका छन् । त्यस्तै उल्लेख गर्न योग्य अर्का खेलाडि हुन् डे ब्रुयन । सिजनमा १० भन्दा भढी खेल बांकी रहँदा नै पेप ग्वार्डिओलाको सिटीले लिग जित्ने पक्का देखिएको छ । त्यसको अधिकतम श्रेय बेल्जियन प्लेमेकर डे ब्रुयनलाई जान्छ । सबै प्रतियोगितामा ११ गोल र सर्वाधिक १९ असिस्टसहित उनी अहिले युरोपका मानिएका खेलाडीमा पर्छन् ।

यी व्यक्तिगत उत्कृष्टता टोलीको समग्र प्रदर्शनमा पनि स्पष्ट देखिएको छ । यस सिजन ५ टोलीले च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिगको प्रतिनिधित्व गरेका थिए – जसमध्ये चेल्सी, टोटनह्याम, सिटी र लिभरपुल इंग्लिस प्रिमियर लिगमा शीर्ष ४ मा रहँदै छनोट भए भने म्यानचेस्टर युनाइटेड युरोपा लिग जित्दै छनोट हुन सफल रह्यो । यी पाँचै टोलीको समूह चरणमा प्रदर्शन प्रशंसा योग्य रह्यो । चेल्सी समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा अन्य चार टोली समूह विजेता रहे । टोटनह्यामले अझ साविक विजेता रियल म्याड्रिडलाई पनि हराउंदै समूहको शीर्ष स्थानमा उभिन सफल भएको हो ।

अन्तिम १६ मा अहिलेसम्म ५ मध्ये ३ टोलीहरुले पहिलो लेगमा आफ्नो चुनौती पेश गरीसके । म्यानचेस्टर सिटी र लिभरपुलले फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेका छन् । अर्कोतर्फ टोटनह्यामले पनि युभेन्टसलाई उसैको घरेलु मैदानमा २-२ को बराबरीमा रोक्न सफल भएको थियो । अब यही साता चेल्सी बार्सिलोनासँग र युनाइटेड सेभियासँग भिड्ने छन्  र यी खेलमा दुवै इंग्लिस टोलीहरुको प्रदर्शन र प्रस्तुति हेर्नलायाक हुने छ ।

आगामी नतिजा जेजस्तो भए पनि यो सिजन इंग्लिस टोलीहरुले युरोपमा प्रदर्शन सुधार गर्दै आफ्नो छाप बलियोसँग छोडिरहेका छन् । अब आउने खेलहरुमा पनि यसलाई निरतरता दिंदै इंग्लिस टोलीहरुले च्याम्पियन्स लिग जित्दै युरोपमा आफ्नो भय पुन: उत्पन्न गर्ने मौका रहने छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.