default_image

8 years ago

February 19, 2018

रियलमा रोनाल्डोको अर्को कीर्तिमान

124 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनका नाममा थ्रुपै कीर्तिमान रहेका छन् । गए राती रियल बेटिसलाई रियल म्याड्रिडले ५–३ ले हराउँदा रोनाल्डोले अर्को एउटा कीर्तिमानसँग बराबरी गरेका छन् ।

३२ वर्षे पोर्चुगिज स्टारले टोलीका लागि गोल गर्दै रियलका लागि २ सय ६४ खेलमा गोल गरेका छन् । रियलका पूर्व कप्तान महान खेलाडी राउलको कीर्तिमानसँग रोनाल्डोले बराबरी गरेका हुन् । सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल पुगेयता रोनाल्डो आफुलाई महान खेलाडीका रुपमा प्रमाणित गरिसकेका छन् ।

उनले अहिले सम्म क्लबका लागि सर्वाधिक ४ सय ३२ गोल गरिसकेका छन् । निकट भविष्यमै उनले ५ सय गोल गर्ने अनुमान गरिएको छ । ला लिगा र च्याम्पियन्स लिग विजेता रियलको यो सिजनको सुरुआत राम्रो हुन सकेन । यद्दपी बलोन डी’ओर विजेता रोनाल्डोले पनि विस्तारै आफुलाई उत्कृष्ट लयमा फर्काएने कोशिस गरिरहेका छन् ।

उनले यो सिजन सबै प्रतियोगितामा गरि क्लबका लागि २५ गोल गरिसकेका छन् । टोली अहिले ला लागिको चौथो स्थानमा छ र शीर्षस्थानको बार्सिलोनाभन्दा १७ अंकले पछाडी छ । ला लिगामा सन्तोषजनक प्रदर्शन हुन नसकेपछि रियलले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियलले पेरिस सेन्ट जर्मेनलाई ३–१ ले हराएको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.