default_image

8 years ago

February 20, 2018

चेल्सीका पूर्व स्टार ड्रोग्बाका छोरा फ्रान्सेली क्लबमा आबद्ध

121 views

0 Bookmark

पेरिस (एजेन्सी)– डिडिएर ड्रोग्बाका छोरा आइज्याकले पनि बाबुकै पदचाप पछ्याएका छन् । महान खेलाडीका छोराले लिग वान क्लब गुइनगाम्पसँग सम्झौता गरेका छन् । चेल्सीको एकेडेमीमा पनि समय बिताएका १७ वर्षे युवा खेलाडीलाई सोमबार फ्रान्सेली क्लबले सार्वजनिक गरेको थियो । १६ वर्ष अघि उनका पिता ले मान्सबाट ८० हजार पाउन्डमा सोही क्लबमा आबद्ध भएका थिए ।

डिडिएर ड्रोग्बाका छोरा इसाक (बायाँ) ।

३९ वर्षको उमेरमा एमएलएस क्लब फोनिक्स राइजिङबाट खेलिरहेका ड्रोग्बाले छोराको सफलतामा खुसी लुकाउन सकेनन् र इन्स्टाग्राममा नयाँ क्लबको जर्सीसहित छोराको फोटो पोस्ट गरेका छन् ।’ यो भन्दा बढी गर्व गर्ने ठाँउ छैन,’ ड्रोग्बाले लेखेका छन् ।

उनका चेल्सीका पूर्व सहकर्मी फ्रान्क लामपार्डले तत्काल बधाई दिदै भनेका छन्, ‘म आइज्याकलाई सम्झन्छु । ऊ एउटा सानो केटोबाट अब ठूलो मान्छे भएको छ ।’ अर्का चेल्सीका पूर्व सहकर्मी जोन टरीले भनेका छन्, ‘उनी कति ठूलो भइसकेछन्, विश्वास गर्नै गाह्रो । बधाई ।’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.