8 years ago
February 20, 2018
विगान (एजेन्सी) – गए राति एफए कपको पाँचौं राउन्डको खेलमा म्यानचेस्टर सिटी विगान एथ्लेटिकसँग १-० ले पराजित भएको छ । सो हारसँगै सिटी एफए कपबाट पनि बाहिरिएको छ ।
पहिलो हाफमा खेल सिटीले नियन्त्रणमा राखे पनि गोल गर्न असफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम समयमा म्यानचेस्टर सिटीका मिडफिल्डर फाबियन डेल्फले ट्याकलका लागि रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो ।
सिटीले आफ्नो ध्यान आक्रमणतिर केन्द्रित गर्दा विगानले त्यसको फाइदा उठाउन सफल भयो । खेलको ७९ औं मिनेटमा विल ग्रिगले गोल गर्दै विगानलाई खेलमा अग्रता दिलाए । सिटीले अन्त्यसम्म पनि गोल गर्ने प्रयास गरे पनि सफल नहुँदा पेप ग्वार्डिओलाको टोली एफए कपबाट बाहिरियो ।
अब क्वाटरफाइनलमा विगानले साउथह्याम्प्टनको सामना गर्ने छ । त्यस्तै म्यानचेस्टर युनाइटेड ब्राइटनसँग खेल्ने छ र चेल्सीले लेस्टरको सामना गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]