8 years ago
February 20, 2018
विगान (एजेन्सी) – गए राति म्यानचेस्टर सिटी विगान एथ्लेटिकसँग एफए कपको पाँचौं राउन्डमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको अन्त्यपछि भने सिटीका स्टार खेलाडि सर्जियो अगुएरो र विगानका समर्थक बीच मैदानमै भिडन्त पर्यो ।
खेलको अन्त्यपछि अगुएरो ड्रेसिङ रुमतिर जाँदै गर्दा विगानका समर्थक मैदानमै उत्रिन पुगे । घरेलु टोलीका समर्थकले अगुएरोलाई आक्रमण गरेपछि अगुएरोले हात हाल्दै आक्रोश पोखे । अगुएरो थप समंलग्न हुन लाग्दा उनलाई विगानको खेलाडी र पछि सिटीको अफिसियलले रोकेका थिए ।
घरेलु समर्थक र सिटीका समर्थक बीच खेलपछि पनि झगडा परेको जनाइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफू ड्रेसिङ रुममा भएकाले अगुएरोलाई आक्रमण गरेको नदेखेको बताए ।
त्यस्तै विगानले समर्थकहरुलाई नियन्त्रणमा राख्न किन नसकेको भन्ने प्रश्न विगानको व्यवस्थापनसँग राख्ने पनि पेपले जनाए । विगानका अध्यक्ष पनि समर्थकको यस व्यवहारबाट आफू निराश भएको बताएका छन् ।
एफएले खेलमा भएको विभिन्न झडप र अगुएरो समंलग्न भएको घटनाको पनि छानबिन गर्ने बताएको छ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]