default_image

8 years ago

February 21, 2018

रोनाल्डो पोर्चुगलको वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा

126 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगल फुटबल संघको वर्षको उत्कृष्ट खेलाडी २०१७ को मनोनयनमा परेका छन् ।

रोनाल्डोसँगै म्यानचेस्टर सिटीका बेर्नाडो सिल्भा र स्पोर्टिङ लिस्बोनका रुइ पेट्रिसियो मनोनयमा परेका छन् । रियलका लागि रोनाल्डोको पछिल्लो सिजन अविश्वसनिय रह्यो । च्याम्पियन्स लिग र ला लिगासहित रोनाल्डो सम्मिलित रियलले ५ वटा उपाधि जितेको थियो ।

रोनाल्डोले पाँचौं पटक बालोन डी ओर, फिफा र युईएफएको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए । पोर्चुगलको वर्षको उत्कृष्ट खेलाडीको चयन पोर्चुगल फुटबल संघ, राष्ट्रिय फुटबल प्रशिक्षक संघ र व्यवसायिक फुटबल खेलाडी युनियनले संयुक्त रुपमा गर्छन् ।

त्यसमा मार्च १९ मा अवार्ड दिने अगाडिसम्म अनलाइन भोटिङको प्रक्रिया पनि अपनाइनेछ । यसपटक पनि रोनाल्डोलाई अवार्डको मुख्य दाबेदार मानिन्छ । यसअघि सन् २०१५/१६ र २०१६/१७ मा पनि उक्त अवार्ड रोनाल्डोले नै जितेका थिए ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.