default_image

8 years ago

February 21, 2018

बेसिक्टास विरुद्ध बायर्नको ५ गोल

107 views

0 Bookmark

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिखले टर्किस क्लब बेसिक्टासविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ ।

घरेलु टोली बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप ४ गोल गर्न सफल भयो । थोमस मुलरले खेलको ४३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै किङ्स्ली कोमनले ५२ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा मुलरले खेलमा आफ्नो दोस्रो गोल दर्ता गर्दै स्कोर ३-० बनाएका थिए ।

त्यसै गरी ७९ औं मिनेट र ८८ औं मिनेटमा रोबर्ट लेवान्डस्कीले दुई गोल थप्दै घरेलु टोलीको शानदार जित सुनिश्चित गरे । अब बायर्न र बेसिक्टासले दोस्रो लेग मार्च १४ मा खेल्ने छन् ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.