8 years ago
March 10, 2018
एबार (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतले रियल म्याड्रिडले एबारको घरेलु मैदानमा २-१ को जित हासिल गरेको छ । रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै रियलको जितको आधार बनाए ।
रियलले गोल गर्ने थुप्रै प्रयास गरेपनि एबारले राम्रो डिफेन्ड गर्दै भ्रमणकारी टोलीलाई गोल गर्नबाट रोकेको थियो । लुका मोड्रिकको पासलाई ३३ औं मिनेटमा सदुपयोग गर्दै रोनाल्डोले रियललाई अग्रता दिलाए ।
दोस्रो हाफमा ५० औं मिनेटमा रामिसले कर्नरमा हेड गर्दै घरेलु टोलीलाई बराबरी दिलाए । रोनाल्डोले ८४ औं मिनेटमा ड्यानी कार्बाहालको पासमा गोल गर्दै रियललाई जित दिलाए ।
अंक तालिकामा २८ खेलपछि रियलको ५७ अंक छ । दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको २७ खेलमा ६१ अंक छ भने चौथो स्थानमा भ्यालेन्सियाको २७ खेलमा ५३ अंक छ । एबारको ८ औं स्थानमा ३९ अंक छ ।
हाइलाइट्स
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]