8 years ago
March 10, 2018
दिपक न्यौपाने
बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा नवलपरासी –११ लाई ३–१ ले स्तब्ध पार्दै रुपन्देहीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
रुपन्देहीका अशोक थापाले खेलको २३ औं मिनेटमा नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका थिए । खेलको ३० औं मिनेटमा गौरव बुढाथोकीले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो ।
खेलमा १–० ले पछि परेको नवलपरासी दोस्रो हाफमा फर्कने प्रयास गर्यो । ५७ औं मिनेटमा रुपन्देहीका अशोक थापाको क्रसलाई अमर डंगोलले डिबक्सबाट गरेको फितलो प्रहार नवलपरासीका गोलकिपर सन्देश गुरुङले बचाएका थिए ।
खेलको ६५ औं मिनेटमा नवलपरासीका विदेशी खेलाडी कोलीले डिबक्स बाहिरबाट हानेको फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । आशिष गुरुङले बेलमेक्सलाई लडाएपछि डिबक्स बाहिर पाएको फ्रिकिकलाई कोलीले गोल गर्दा रुपन्देहीका समर्थकहरु निराश देखिन्थे । तर रुपन्देही खेलमा पुनः फकर्दै दुई गोल गर्न सफल भयो ।
खेलको ८३ औं मिनेटमा रुपन्देहीका स्ट्राईकर निशान लिम्बुलाई युवराज चापागाईले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई निशानले नै सदुपयोग गर्दै टिमलाई पुनः २–१ को अग्रतामा ल्याए । खेलको ईन्जुरी समयमा लाली रुपन्देहीका अशोक थापाले नवलपरासीका ३ जना डिफेडरलाई छक्याउदै गोल गर्दा घरेलु दर्शक जितको स्वाद चाख्दै प्यारफिटबाट बाहिरीएका देखिन्थे ।
खेलमा विजेता रुपन्देहीका गौरव बुढाथोकी ‘म्यान अफ दी म्याच’ घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । आइतबारको खेल दुई विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबसंग सामना गर्ने संघका महासचिव लोक पुनले हाम्रो खेलकुद डटकमलाई बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]