8 years ago
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ ।
झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा कर्ण लिम्बुको प्रयास बाहिरिएको थियो । आर्मीका भरत खवासले पहिलो हाफमा गरेको गोललाई रेफ्रिले अफसाइड दिएपछि खेलमा केहिबेर विवाद उत्पन्न पनि भएको थियो ।
पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरे । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट कर्ण लिम्बुले गरेको प्रहार गोलमा परिणत भएपछी घरेलु टोली झापाले अग्रता लिएको थियो । त्यस्तै ७९ औं मिनेटमा भरत खवासले गोल फर्काउँदै खेल बराबर परेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका हुन् ।
निर्धारित समयमा अन्य गोल हुन नसकेपछी खेल १५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछी खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी ३-३ भएर खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०-१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८-७ ले बाजी मार्यो ।
झापाका गोलकिपर किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो । झापाबाट कर्ण लिम्बु र सुमन मैनाली पनि आफ्नो पेनाल्टीमा चुकेका थिए । अर्को तर्फ, आर्मीको पेनाल्टीमा जितेन्द्र कार्कीको प्रहार बाहिरिएको थियो भने सन्तोष तामाङको पेनाल्टी किशोरले बचाऊ गरेका थिए ।
झापाका लागि भुषण सुब्बा, योगेश गुरुङ, देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलन लोक्तामले आफ्नो पेनाल्टी परिणत गरेका थिए । त्यसैगरी नवयुग श्रेष्ठ, दिपक गुरुङ, विकेश कुथु, दिप लामा, विकास तामाङ, भरत खवास र सुमन अर्याल पेनाल्टीमा चुकेनन् । टंक बस्नेतले दशौं पेनाल्टी परिणत गर्दै आर्मीको उपाधि सुनिश्चित गरेका थिए ।
झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्यो भने उपविजेता झापाले ६ लाख नगद प्राप्त गर्यो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]