8 years ago
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – आज सम्पन्न झापा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लबले रमपम झापा ११ लाई सडेन डेथमा ८-७ ले हराएको छ । सो जितसँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ ।
निर्धारित समयमा झापाका लागि कर्ण लिम्बु र आर्मीका लागि भरत खवासले गोल गरेका थिए । निर्धारित समय र त्यसपश्चात अतिरिक्त समय १-१ को बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । सडेन डेथको दशौं प्रहारमा झापाका गोलकिपर किशोर गिरी चुके भने आर्मीका टंक बस्नेतले आफ्नो प्रहारलाई परिणत गर्दै उपाधि सुनिश्चित गरेका हुन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी झापा ११ का योगेश गुरुङ घोषित भए । उनले पुरस्कारस्वरुप मोटरसाइकल प्राप्त गरेका छन् । झापाका कर्ण लिम्बु उच्च गोलकर्ता घोषित हुँदै ५१ हजार नगद प्राप्त गरे । त्यस्तै फाइनल खेलका म्यान अफ द म्याच विश्वास श्रेष्ठले २५ हजार नगद पुरस्कार हात पारे । पोखराको सहारा क्लबले फेयर प्लेको उपाधि जित्न सफल भयो ।
त्यस्तै अन्य विधामा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ३१ हजार नगद प्राप्त गरे :
उत्कृष्ट गोलकिपर: विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक: देवेन्द्र तामाङ (झापा)
उत्कृष्ट मिडफिल्डर: सन्तोष तामाङ (आर्मी)
उत्कृष्ट प्रशिक्षक: चुन बहादुर थापा (आर्मी)
उच्च गोलकर्ता : कर्ण लिम्बु (झापा)
फेयर प्ले : सहारा क्लब, पोखरा
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]