default_image

8 years ago

March 13, 2018

सिटी प्रिमियर लिग उपाधिको निकट

140 views

0 Bookmark

स्टोक (एजेन्सी)– डेभिड सिल्भाको उच्च प्रदर्शनबाट प्रेरित स्टोक सिटीलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिग उपाधिको निकट पुगेको छ । स्टोकलाई गए रातीको खेलमा २–० ले हराएपछि शीर्षस्थानको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १६ अंकले पछाडि पारेको छ ।


दसौं मिनेटमा राहिम स्टर्लिङको क्रसमा स्पेनिस सिल्भाले गोलको खाता खोलेका थिए । स्टोकका बाडाउ डिएएले गोल गर्ने मौका पाएका थिए तर सफल हुन सकेनन् । दोस्रो हाफको पाँच मिनेटमा सिल्भाले अर्को गोल गरेपछि सिटीले अन्तरलाई दोब्बर पारेको थियो ।

लेरोय साने, स्टर्लिङले पनि गोलको मौका पाए तर सफल भएनन् । अन्तिम ८ खेल बाँकी रहँदा सिटीको ८१ अंक, युनाइटेडको ६५ तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ । रेलिगेसन क्षेत्रमा रहेको स्टोक २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.