8 years ago
March 13, 2018
म्यानचेस्टर (एजेन्सी) – युएफा च्याम्पियन्स लिग अन्तर्गत आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब सेभियाको सामना गर्दै छ । सेभियाको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले सेभियालाई गोलरहित बराबरीमा रोकेको थियो ।
घरेलु टोली म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा खेल्ने अनिश्चित रहेको छ भने डिफेन्डर फिल जोन्स घाइते रहेका छन् । युनाइटेडले यहि साता प्रिमियर लिगमा लिभरपुललाई २-१ ले हराएको थियो । प्रशिक्षक जोसे मौरिन्होले सो खेलमा खेलाएको टोलीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ ।
पाहुना टोली सेभियाका लागि जेसस नाभास र सेबास्टियन कोर्चिया खेलमा सहभागी हुने छैनन् । यो साता सेभियाले लालिगामा भ्यालेन्सियासँग २-० को पराजय भोगेको थियो । सेभिया लालिगामा पाँचौं स्थानमा रहेको छ भने युनाइटेड प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको छ ।
आजको खेल नेपाली समय अनुसार साढे १ बजे सुरु हुने छ । सोही समयमा इटालियन क्लब रोमाले युक्रेनी क्लब शाक्तार दोनेस्कलाई आफ्नो घरेलु मैदानमा निम्ताउँदै छ । रोमा पहिलो लेगमा २-१ ले पराजित भएको थियो ।
अहिलेसम्म रियल म्याड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल र युभेन्टसले अन्तिम ८ मा स्थान सुरक्षित गरिसकेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]