8 years ago
March 13, 2018
दिपक न्यौपाने
बुटवल– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो सिजनको सर्वाधिक सफल त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई मंगलबार ३–० ले हराउँदै मनाङ तिलोत्तमाको अन्तिम चारमा पुगेको हो ।
मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे । मनाङले बिहीबार अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । यसपटक आर्मीसँग पटक पटक पराजित भएको मनाङले १० खेलाडीमा सिमित भएरपनि बुटवलमा भने आर्मीको दोस्रो रोजाइको टोलीलाई सजिलै हराएको थियो ।
आर्मीको पहिलो टोलीले सोमबार मात्र रमपम झापा गोल्डकपको उपाधि जितेको थियो । त्यो आर्मीको सातौं उपाधि थियो । झापा गोल्डकपको सेमिफाइनलमा मनाङलाई हराउँदै आर्मीले आयोजक झापा ११ सँगको फाइनल पक्का गरेको थियो । मनाङले खेलको अन्त्यतिर २ गोल गरेको थियो । पहिलो गोल विशालले ४० औं मिनेटमा गरेको थिए ।
अग्रताको समयमा डोना थापाले ६५ औं मिनेटमा रातो कार्ड पाएपछि मनाङ १० खेलाडी सिमित भएको थियो । विशालले ९० औं मिनेटमा दोस्रो गोल गरे भने भिक्टोरले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । विशाल खेलेको म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
तिलोत्तमा गोल्डकपको बुधबारको पहिलो सेमिफाइनल
लाली रुपन्देहीविरुद्ध पुलिस
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]