default_image

8 years ago

March 14, 2018

चेल्सी र बार्सिलोनाबीच महत्त्वपूर्ण च्याम्पियन्स लिग भिडन्त

175 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् । बार्सिलोनाका लागि मिडफिल्डमा आज केहि समस्या देखिन सक्छ । आन्द्रेस इनिएस्टा खेल्ने निश्चित छैन भने अर्का मिडफिल्डर फिलिप कौटिन्हो च्याम्पियन्स लिगमा टोलीको हिस्सा हुन पाउने छैनन् । त्यसैगरी पौलिन्हो र उस्माने डेम्बेलेमध्ये एक खेलाडीले मिडफिल्डको दायाँतिर स्थान पाउने देखिएको छ ।

अर्को तर्फ चेल्सीको अग्रपंक्ति केहि कम्जोर देखिएको छ । एल्भारो मोराटा र ओलिभियर जिरुडगरी दुई स्ट्राइकर भए पनि विंगर एडेन हाजार्डलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ । त्यसैगरी प्रशिक्षक एन्टोनियो कोन्टे द्यानी ड्रिन्कवाटर र सेस्क फ्याब्रिग्यासमध्ये कसलाई मिडफिल्डमा खेलाउने दोधारमा छन् । बार्सिलोना फ्याब्रिग्यासको पूर्व क्लब हो तर ड्रिन्कवाटर अलि पक्षात्मक खेलाडी भएकाले उनले नै टोलीमा स्थान पाउने अनुमान गरिएको छ ।

बार्सिलोना विरुद्ध पछिल्ला ९ खेलमा चेल्सी पराजित भएको छैन भने च्याम्पियन्स लिगको पछिल्लो ८ खेलमा बार्सिलोना पनि अपराजित रहेको छ । बार्सिलोनासँग एक ‘अवे’ गोलको फाइदा पनि रहेको छ । आजको खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.