default_image

8 years ago

March 15, 2018

मेस्सीको दुई गोल र कीर्तिमान, बार्सिलोना क्वाटरफाइनलमा

158 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले चेल्सीलाई ३-० ले हराएको छ । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पनि पारेको छ ।

लियोनल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको हो । त्यस्तै बार्सिलोनाले खेलको २० औं मिनेटमा आफ्नो अग्रता दोब्बर पार्न सफल रह्यो । मेस्सीको पासमा उस्माने डेम्बेलेले बलियो प्रहार गरेर स्कोर २-० बनाएका थिए ।

दोस्रो हाफमा मेस्सीले कीर्तिमानी गोल गर्न सफल रहे । ६३ औं मिनेटमा खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनाको जित तथा क्वाटरफाइनलमा स्थान सुनिश्चित पारेका थिए । बार्सिलोनाले समग्रमा ४-१ को जित हात पार्न सफल रह्यो ।

मेस्सीको दोस्रो गोलद्वारा उनले च्याम्पियन्स लिगमा आफ्नो १ सयौं गोल पुरा परे। च्याम्पियन्स लिगमा १ सय गोल पुरा गर्ने क्रिस्टियानो रोनाल्डो पछि उनी दोस्रो खेलाडी हुन् । तर उनले रोनाल्डोभन्दा कम खेलमा सो कोसेढुङ्गा प्राप्त गरे ।

रोनाल्डोले १ सय गोल १ सय ३७ खेलमा पुरा गरेका थिए भने मेस्सीले १ सय २३ खेलमै आफ्नो १ सय गोल पुरा गरे । १ सय १७ गोल सहित रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन् ।

त्यस्तै बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै ८-१ को समग्र जितसहित च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । क्वाटरफाइनलमा पुग्न सफल टोलीमा रियल म्याड्रिद, लिभरपुल, म्यानचेस्टर सिटी, युभेन्टस, सेभिया, रोमा, बार्सिलोना र बायर्न म्युनिख रहेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.