8 years ago
March 16, 2018
नियोन (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ आज सार्वजनिक भएको छ । टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् ।
यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम ८ मा प्रतिनिधित्व गर्दै छन् । यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेन ।
अघिल्लो सिजनको फाइनलमा खेलेका दुई टोली रियल म्याड्रिड र युभेन्टस अहिले क्वाटरफाइनलमा भिड्दै छन् । त्यस्तै दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलले एकअर्काको सामना गर्दै छन् । बायर्न स्पेनिस टोली सेभियाको सामना गर्दै छ भने बार्सिलोनाले इटालियन क्लब एएस रोमासँग भिड्ने छ ।
आज सार्वजनिक ‘ड्र’ अनुसार क्वाटरफाइनल समिकरण यस प्रकारको रहेको छ:
बार्सिलोना विरुद्ध एएस रोमा
सेभिया विरुद्ध बायर्न म्युनिख
युभेन्टस विरुद्ध रियल म्याड्रिड
म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]