8 years ago
March 17, 2018
ज्युरिक (एजेन्सी) – रुस विश्व कप २०१८ मा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिने जानकारी फुटबलको उच्च निकाय फिफाले दिएको छ । फुटबल विश्व कपमा यो प्रविधि पहिलो पटक प्रयोग गरिन लागेको हो ।
यसअघि युरोपको विभिन्न लिगहरुमा प्रशिक्षणमा रहेको भिएआरलाई २०१८ फिफा विश्व कपमा पनि प्रयोग गरिने भएको छ । इङ्ल्याण्डको घरेलु प्रतियोगिता तथा जर्मनी र इटालीमा यसको प्रयोग हुँदै आएको छ ।
“समयको माग अनुसार चल्न जरुरी छ”, फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले बताए, “हामीले रेफ्रीहरुलाई सही निर्णयहरू लिन मद्दत गर्नलाई विभिन्न प्रविधिहरुको प्रयोग गर्नेछौं । “
भिएआर पहिलो पटक डिसेम्बर २०१६ को क्लब विश्व कपबाट प्रयोगमा आएको हो । त्यस पछि २०१७ को कन्फिडेरेसन्स कपमा पनि यसको प्रयोग गरिएको थियो । स्पेनिस ला लिगा र फ्रेन्च लिग १ मा पनि अर्को सिजनबाट यसको प्रयोग गरिने पक्का भएको छ । भिएआरले कैयौं निर्णयहरुमा सघाए पनि थुप्रै आलोचनाहरु पनि खेप्दै आएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]