8 years ago
March 18, 2018
लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाह एक्लैले ४ गोल गरे ।
सालाहले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको अन्त्य अघि उनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहकै पासमा खेलको ४९ औं मिनेटमा रोबर्टो फिर्मिनोले स्कोर ३-० बनाएका थिए ।
त्यस्तै ७७ र ८५ औं मिनेटमा गोल गर्दै सालाहले लिभरपुलको फराकिलो जित सुनिश्चित गरेका थिए । यस खेलमा ४ गोलसँगै उनको प्रिमियर लिगमा २८ गोल पुगेको छ । दोस्रो स्थानमा रहेका ह्यारी केनको २४ गोल रहेको छ । त्यस्तै युरोपकै शीर्ष गोलकर्तामा पनि सालाह शीर्षस्थानमा उक्लेका छन् । अहिलेसम्म सबै प्रतियोगितामा सालाहको ३६ गोल रहेको छ ।
त्यस्तै प्रिमियर लिगको अन्य खेलमा बोर्नमथले वेष्ट ब्रोमलाई २-१ ले हरायो भने क्रिस्टल प्यालेस हडर्सफिल्डविरुद्ध २-० ले विजयी रह्यो । एभर्टनले पनि स्टोक सिटीमाथि २-० को जित दर्ता गर्न सफल रह्यो । १ खेल कम खेलेको टोटनह्यामलाई उछिन्दै लिभरपुल तालिकाको तेस्रोमा उक्लेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]