8 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ ।
समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च
स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार
नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को तर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले हिजो २० सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए :
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने
डिफेन्डर : विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रञ्जित धिमाल र देवेन्द्र तामाङ
मिडफिल्डर : रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल, सुमन लामा र सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र अञ्जन विष्ट
सुरुवाती ११ मा गोलकिपरमा किरणले नै निरन्तरता पाउने लगभग पक्का रहेको छ । त्यस्तै अनन्त तामाङ र आदित्य चौधरीले सेन्ट्रल डिफेन्सको जिम्मेवारी सम्हाने देखिन्छ । कप्तान विराज महर्जन र पुलिसका युवा खेलाडी दिनेश राजवंशी डिफेन्सको बायाँ र दायाँतिर खेल्ने सम्भावना रहेको छ ।
पर्सिजा जाकार्तामा आबद्ध रोहित चन्दले डिफेन्सिभ मिडफिल्डरको भुमिका निर्वाह गर्ने छन् भने मिडफिल्डमा उनलाई मनाङका अनुभवी खेलाडी विशाल राईले साथ दिने छन् । विङमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थान पक्का जस्तै देखिएको छ भने फरवार्ड लाइन विमल घर्ती मगर र नवयुग श्रेष्ठले सम्हाल्ने देखिन्छ ।
नेपालको समूह ‘एफ’मा नतिजाहरु यस प्रकारको रहेको छ:
फिलिपिन्स ४-१ नेपाल
नेपाल ०-० यमन
नेपाल १-२ ताजिकिस्तान
नेपाल ०-० फिलिपिन्स
ताजिकिस्तान ३-० नेपाल
समूह ‘एफ’ को अंक तालिका
| टोली | खेल | जित | बराबरी | हार | गोलअन्तर | अंक |
| फिलिपिन्स | ५ | २ | ३ | ० | +४ | ९ |
| यमन | ५ | १ | ४ | ० | +१ | ७ |
| ताजिकिस्तान | ५ | २ | १ | २ | +२ | ७ |
| नेपाल | ५ | ० | २ | ३ | -७ | २ |
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]