default_image

8 years ago

March 21, 2018

जगजीत अष्ट्रेलियामा प्रेस्टन लायन्ससँग आबद्ध

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबसँग आबद्ध भएका छन् ।

यस अघि नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग १ वर्षका लागि सम्झौता गरेका छन् । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको र नुनावाडिङमा भन्दा तलब पनि बढी रहेको हाम्रोखेलकुद डटकमलाई जानकारी दिए ।

२०१७ मा प्रेस्टन लायन्स लिगमा चौथो स्थानमा उभिएको थियो भने त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको थियो । अष्ट्रेलियाको भिक्टोरिया प्रान्तका क्लबहरुसँग प्रतिस्पर्धा गर्ने प्रेस्टनले स्टेट लिग डिभिजन-१ को उपाधि ४ पटक जितेको छ । प्रेस्टन आफ्नो लिगमा सर्वाधिक सफल क्लबमध्ये एक हो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.